Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित 

मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित 

  • सोमवार, मंसिर ५ २०७९

  • 888
    SHARES

  • मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित 

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको हो। 

    सोमबार(आज) सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । उहाँले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गर्नुभएको हो।

    प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गर्नुभएको हो।

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुनुहुन्छ । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गर्नुभएको थियो।

    निर्वाचन आयोगले मतपरिणाको घोषणा गर्न बाँकी रहेको छ । एमालेले मुस्ताङलाई आफ्नो पकड भन्दै अनिवार्य जितको क्षेत्रमा राखेको थियो । यस निर्वाचनमा तुलाचनले उम्मेदवार हुन नचाहेको तर जितेपछि मन्त्री बनाइदिने पार्टी नेतृत्वले आश्वासन दिएकाले उम्मेदवारी दिएको बताइएको थियो ।

    मुस्ताङको कूल जनसंख्या ११ हजार ५९३ रहेको छ । यस जिल्लामा कूल मतदाता १० हजार ९५७ रहेका छन् । मंसिर ४ गते आइतबार भएको निर्वाचनमा मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

     

     


    सोमवार, मंसिर ५ २०७९१२:४२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij