काठमाडौं । मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।