Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमका तीन जिल्लामा शंकास्पद वस्तु फेला

सुदूरपश्चिमका तीन जिल्लामा शंकास्पद वस्तु फेला

  • आइतवार, मंसिर ४ २०७९

  • 713
    SHARES

  • सुदूरपश्चिमका तीन जिल्लामा शंकास्पद वस्तु फेला

    काठमाडौं । सुदूरपश्चिमका तीन जिल्लामा शंकास्पद वस्तु फेला परेका छन्। कैलाली, कञ्चनपुर र अछाममा शंकास्पद वस्तु (बम) फेला परेको हो।

    कैलालीको गौरीगंगा नगरपालिका-८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको प्रहरीले जनाएको छ। अहिले नेपाली सेनाले बम डिस्पोजल गरिसकेको छ।

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालय नजिकको मतदान केन्द्र नजिक भेटिएको ‘शंकास्पद वस्तु’ नेपाली सेनाले निस्क्रिय पारेको छ।

    इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मतदान केन्द्र नजिकै टिनको डिब्बामा शंकास्पद वस्तु फेला परेको हो।

    अछामको ढकारी गाउँपालिका स्थित कालीका देवीमावि हिच्मा मतदान केन्द्र नजिकै प्रेसर कुकर बम फेला परेको छ।

    प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेयका अनुसार नेपाली सेनाले डिस्पोज गरिसकेको छ।


    आइतवार, मंसिर ४ २०७९०९:४७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij