Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

गठबन्धनका उम्मेदवारविरुद्ध लाग्ने कांग्रेसका ३ नेता निलम्बित

गठबन्धनका उम्मेदवारविरुद्ध लाग्ने कांग्रेसका ३ नेता निलम्बित

  • शनिवार, मंसिर ३ २०७९

  • 1.2K
    SHARES

  • गठबन्धनका उम्मेदवारविरुद्ध लाग्ने कांग्रेसका ३ नेता निलम्बित
    काठमाडौं । नेपाली कांग्रेसले ३ जना नेतालाई निलम्बन गरेको छ । मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ का गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठविरूद्ध प्रचार गर्दै हिँडेको उजुरीको आधारमा उनीहरूलाई निलम्बन गरिएको कांग्रेसले बताएको छ । 
     
    कांग्रेसको केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाले शनिबार(आज) प्रेस विज्ञप्ति जारी गरेर पार्टी सदस्यसमेत नरहने गरी उनीहरूलाई निलम्बन गरिएको बताउनुभएको छ ।
     
    निलम्बनमा पर्नेहरूमा बारा जिल्लाका उपसभापति अमिरीलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारी रहेका छन् । 
     


    शनिवार, मंसिर ३ २०७९०२:४२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij