Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ढुक्कसँग मतदान गर्न आयोगको आग्रह

ढुक्कसँग मतदान गर्न आयोगको आग्रह

निर्वाचन बिथोल्न खोज्नेलाई नछाड्ने चेतावनी
  • शनिवार, मंसिर ३ २०७९

  • 572
    SHARES

  • ढुक्कसँग मतदान गर्न आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले भोली हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ढुक्कसँग मतदान गर्न आग्रह गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी पुरा भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गर्नुभएको हो ।

    बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने उहाँले बताउनुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित ढंगले सम्पन्न गर्नका लागि कडा सुरक्षाको व्यवस्था गरेको समेत बताउनुभयो ।

    मतदानमा खटिएका मतदान अधिकृत, कर्मचारीलाई डर त्रास देखाउने, बुथ कब्जा गर्न खोज्ने, मतदातालाई रोक्ने, मतपेटिका लुट्न खोज्नेलगायत निर्वाचन बिथोल्ने गतिविधि गर्नेलाई कानूनी कारबाही गर्न सम्बन्धित मातहतमा निर्देशन दिएको समेत जनाएको छ ।


    शनिवार, मंसिर ३ २०७९०२:३६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij