Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रुसद्वारा युक्रेनमाथि भीषण हवाई हमला, पूर्वाधारमा व्यापक क्षति

रुसद्वारा युक्रेनमाथि भीषण हवाई हमला, पूर्वाधारमा व्यापक क्षति

  • बिहिवार, मंसिर १ २०७९

  • 560
    SHARES

  • रुसद्वारा युक्रेनमाथि भीषण हवाई हमला, पूर्वाधारमा व्यापक क्षति
    एजेन्सी । रुसले युक्रेनी भौतिक पूर्वधारमा भीषण हवाई हमला गरेको छ। हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ। 
     
    युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन्। 
     
    यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले ब्ल्याक सीबाट अन्न, खाद्यसामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति भएको चार महिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केही दिनअघि त्यसलाई थपिएको घोषणा गरेका छन्। इस्तानबुलमा टर्कीसहित रूस र युक्रेनबीच भएको खाद्यान्न निर्यातको सम्झौतालाई कार्यान्वयन गराउन राष्ट्रसङ्घ पूर्ण प्रतिबद्ध रहेको उनले बताएका छन्। 
     
    महासचिव गुटरेसले अनाज निर्यातका निम्ति समयावधि थपिएको सम्बन्धमा गरेको घोषण तथा पुरानो सम्झौताको निरन्तरताबारे रुसले तत्काल केही जानकारी दिएको छैन। युक्रेन युद्ध नवौँ महिनामा प्रवेश गर्न लागेको बेला मस्कोले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण गरेर युक्रेनभर युद्धविभिषिका चर्काएको छ। 
     
    किभको सैनिक प्रशासनले दुईवटा रुसी क्षेप्यास्त्र तथा इरानमा बनेका पाँचवटा मानवरहित विमान खसालेको बताएको छ। स्थलयुद्धमा रुसी सैनिक पराजित भएपछि क्रेमलिनले युक्रेनमाथि हवाई आक्रमणलाई व्यापक बनाउँदै उसका ऊर्जा पूर्वाधार, गैरसैनिक बस्तीमा कारबाहीलाई तीव्र गतिमा अघि बढाएको छ।


    बिहिवार, मंसिर १ २०७९०७:४२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij