काठमाडौं । शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार(आज) बजार परिसूचक नेप्से १३.४० अंक (०.७१ प्रतिशत) ले वृद्धि भएर १९११.२६ अंकमा बन्द भएको छ ।
आज म्युचुअल फण्ड र व्यापार उपसूचक बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । आज हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनी उपसूचक भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । आज नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । हिजो १ अर्ब माथिको बराबर भएको बजारमा आज २४ लाख ९५ हजार ६१२ कित्ता शेयर किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजारको कारोबार भएको छ ।
जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक ६ करोड ३ लाख ३९ हजारको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ४ करोड १ लाख ९१ हजार र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८१ लाख २६ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा कुल १८६ कम्पनीको शेयर कारोबार भएकोमा १४१ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ३८ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको स्थिर छ । आज कारोबार भएकामध्ये सिक्लेस हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गणपति लघुवित्तको शेयर मूल्य ७.७१ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको ५.५३ प्रतिशतले बढेको छ ।
यता जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य सर्वाधिक ४.१३ प्रतिशतले गिरावट हुँदा सबैको लघुवित्तको शेयर मूल्य ३.६८ प्रतिशत तथा विशाल बजार कम्पनीको शेयर मूल्य २.८४ प्रतिशतले गिरावट भएको छ ।