Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

अमेरिकाद्वारा एयर इन्डियालाई १४ लाख डलर जरिवाना

अमेरिकाद्वारा एयर इन्डियालाई १४ लाख डलर जरिवाना

  • मंगलवार, कार्तिक २९ २०७९

  • 406
    SHARES

  • अमेरिकाद्वारा एयर इन्डियालाई १४ लाख डलर जरिवाना

    काठमाडौं।अमेरिकाले एयर इन्डियालाई १४ लाख डलर जरिवाना गरेको छ ।

    अमेरीकाले कोभिड–१९ महामारीको समयमा उडान रद्द वा परिवर्तनबाट प्रभावित अमेरिकी यात्रुहरूलाई टिकटको पैसा फिर्ता गर्न ढिलाइ गरेको भन्दै एयर इन्डियालाई १४ लाख डलरको जरिवाना लगाएको हो ।

    अमेरिकी यातायात विभागले दिएको जानकारी अनुसार टाटाको स्वामित्वमा रहेको एयर इन्डियाको ६ वटा एयरलाइन्सलाई यात्रुलाई रिफन्डको रुपमा कुल ६० करोड र एयर इन्डियालाई १२।१५ करोड डलर फिर्ता गर्न भनिएको छ ।

    अमेरिकी सरकारका नियम अनुसार, एयरलाइन्सहरूले उडान रद्द वा परिवर्तनको मामलामा यात्रुहरूको टिकटको पैसा कानुनी रूपमा फिर्ता गर्नु पर्छ ।

    रिफन्डमा ढिलाईको यो मामिला टाटा समूहको एयर इन्डियाको अधिग्रहण गर्नु अघिको हो ।


    मंगलवार, कार्तिक २९ २०७९०२:१९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij