Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेकपा स्थायी समिति बैठक २६ गते बस्ने

नेकपा स्थायी समिति बैठक २६ गते बस्ने

  • सोमवार, भाद्र २२ २०७७

  • 1.6K
    SHARES

  • नेकपा स्थायी समिति बैठक २६ गते बस्ने

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक यही भदौ २६ गतेका बोलाउने निर्णय भएको छ ।

    आज बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि स्थायी कमिटी बैठक बोलाउने सहमित भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठक पार्टीभित्र विवाद बढ्दै गएपछि पटक–पटक सारिएको थियो । साउन १३ गतेपछि अनिश्चित कालका लागि स्थगित गरिएको बैठक अब २६ गते बस्ने भएको हो ।

    गत साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो ।
    सोही दिन अर्का अध्यक्ष प्रचण्डले बैठक पुनः सञ्चालन गर्नुभएको थियो ।


    सोमवार, भाद्र २२ २०७७१२:५२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij