Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

जनताले मलाई नम्बर वान म्यान भएको हेर्न चाहेका छन् : प्रकाशमान सिंह

जनताले मलाई नम्बर वान म्यान भएको हेर्न चाहेका छन् : प्रकाशमान सिंह

  • सोमवार, कार्तिक २८ २०७९

  • 506
    SHARES

  • जनताले मलाई नम्बर वान म्यान भएको हेर्न चाहेका छन् : प्रकाशमान सिंह

    काठमाडौं । कांग्रेसका नेता प्रकाशमान सिंहले विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै अब सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताउनुभएको छ ।

    यस्तै, उहाँले काठमाडौं १ का मतदाताले आफूलाई सरकारको नम्बर वान म्यान बनेका बनेको हेर्न चाहेको पनि बताउनुभयो । काठमाडौं महानगर– २९ मा सोमबार बिहान आयोजित घरदैलो कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो। ‘यो क्षेत्रका जनताले मलाई सरकारको ‘नम्बर वान म्यान’ बनेको हेर्न चाहेका छन्, सिंहले भन्नुभयो, ‘उहाँहरूको चाहना पूरा गर्न म प्रयासरत पनि छु ।’

    आफूले काठमाडौं १ मा धेरै विकासका काम गरेको भन्दै उहाँले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताउनुभयो । उहाँले विजयी भएपछि संकटमा रहेको देशको अर्थतन्त्र समाधान गर्ने र लगानी–मैत्री वातावरण बनाउने दायित्व पूरा गर्ने बताउनुभयो ।


    सोमवार, कार्तिक २८ २०७९०२:३६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij