काठमाडौं । सत्ता गठबन्धनले आज काठमाडौंको सांस्कृतिक एवं ऐतिहासिक सहर साँखुमा संयुक्त चुनावी सभा आयोजना गरेको छ ।
साँखु बजारमा दिउँसो २ बजे सुरु हुने सभालाई कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित उम्मेदवारले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।
चरणको घरदैलो कार्यक्रम सकिएसँगै चुनावी सभा आयोजना गरिएको गठबन्धनको चुनाव परिचालन समिति संयोजक एवं नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ का सभापति कबीर शर्माले जानकारी दिनुभयो ।
आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट काठमाडौं–२ मा पूर्व सभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती, प्रदेशसभा (१) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (२) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल साझा उम्मेदवार छन् ।