Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

असन्तुष्ट पक्ष अनसन बसे पनि देउवाले नियुक्ति फिर्ता नलिने दाबी

असन्तुष्ट पक्ष अनसन बसे पनि देउवाले नियुक्ति फिर्ता नलिने दाबी

  • सोमवार, भाद्र २२ २०७७

  • 1.0K
    SHARES

  • असन्तुष्ट पक्ष अनसन बसे पनि देउवाले नियुक्ति फिर्ता नलिने दाबी

    काठमाडौं । नेपाली काँग्रेसमा संस्थापन पक्षले गरिरहेको नियुक्ति कुनैपनि हालतमा फिर्ता नहुने सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुले दावी गरेका छन् ।

    काँग्रेसका विभागहरुमा भएको नियुक्ति फिर्ता गर्नका लागि नगरिएको र केही आधार तयार भएर नै देउवाले नियुक्ति दिएको उनीहरुले तर्क गरेका छन् ।

    सहमतीमै नियुक्त गर्न खोज्दा खोज्दै पनि सभापति देउवालाई असफल पार्ने नियतले यसअघि नियुक्त गर्न नदिएकाले उहाँले अहिले बाध्य भएर नियुक्त गरेको केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले बताउनुभयो ।

    देउवाले गरेका नियुक्ति अवैधानिक र अराजनीतिक भएकोभन्दै असन्तुष्ट पक्षले अनसनलगायतका आन्दोलनको तयारी गरिरहेका बेला उहाँले कुनै पनि आन्दोलनले नियुक्ति फिर्ता नहुने दावी गर्नुभयो ।

    अहिले असन्तुष्ट देखिएको पक्ष नै सहभागी भएर विगतमा सहमतीका नाममा अवैधानिक धेरै कामहरु भएकाले अहिले उनीहरुले वैधानिकताको प्रश्न उठान नसुहाउने नेता पाण्डेको टिप्पणी छ ।

    “स्वार्थ मिल्यो भन्दैमा विगतमा उहाँहरुले विधान नमिचेको र विधानको विपक्षमा जान कहिल्यै पनि नमानेको भए सभापतिले अहिले यस्तो आँट गर्नुहुन्थ्येन, तर विधानको कुरा उठाउने नैतिकता उहाँहरुले धेरै पहिले नै गुमाईसक्नु भएको छ,” पाण्डेले भन्नुभयो ।

    उहाँले सभापति देउवाका विरुद्धमा आन्दोलन गरेर कसैलाई हित नहुने र महाधिवेशनको वातावरण बनाउने तर्फ लाग्नु उपयुक्त हुने सुझाव पनि दिनुभयो ।



    सोमवार, भाद्र २२ २०७७०९:१५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij