Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इरानी प्रदर्शनमा हालसम्म कम्तीमा ३२६ को मृत्यु

इरानी प्रदर्शनमा हालसम्म कम्तीमा ३२६ को मृत्यु

  • आइतवार, कार्तिक २७ २०७९

  • 548
    SHARES

  • इरानी प्रदर्शनमा हालसम्म कम्तीमा ३२६ को मृत्यु

    काठमाडौं । इरानमा गत दुई महिनादेखि चलिरहेको देशव्यापी प्रदर्शनमा भएको बल प्रयोगमा कम्तिमा ३२६ जनाको ज्यान गएको नर्वेस्थित ‘इरान ह्युमन राइट एनजीओ (आईएचआरएनजीओ)’ले दावी गरेको छ ।

    मर्नेहरूमा ४३ बालबालिका र २५ महिलाहरू समावेश रहेको समूहले शनिबार जारी गरेको मृतकको संख्यामा उल्लेख छ । ‘इरान ह्युमन राईट एनजीओ’ले आफूले सार्वजनिक तथ्याकं ‘निरपेक्ष न्यूनतम’ भएको बताएको छ ।

    २२ वर्षीया कुर्दिश युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि १९७९ मा इस्लामिक गणतन्त्र स्थापना भए यताकै सबैभन्दा ठूलो मध्येको एक प्रदर्शनको सामना गरिरहेको छ । उनलाई हिजाब राम्ररी नलगाएको आरोपमा धार्मिक प्रहरीले हिरासतमा लिँदा त्यही मृत्यु भएको थियो ।

    महसाको मृत्यु भएपछि सुरु भएको प्रदर्शन पछिल्लो समय इस्लामिक शासनविरुद्धको आम आक्रोशमा बदलिएको छ । गिरफ्तारी र कडा सजायको बावजुद इरानी सेलिब्रेटीहरू र खेलाडीहरूले समेत प्रदर्शनप्रति समर्थन दिन थालेका छन् ।

    इरान ह्युमन राईट एनजीओले अन्तर्राष्ट्रिय समुदायसँग बढ्दो मृत्युको संख्याप्रति ‘कठोर हुँदै समयमै कदम चाल्न’ आग्रह गरेको छ । त्यस्तै संस्थाले ‘इस्लामिक गणतन्त्रका अधिकारीलाई मानवअधिकारको घोर उल्लङ्घनको लागि जवाफदेही बनाउन’ संयन्त्र बनाउन माग गरेको छ ।

    विरोध प्रदर्शन सुरु भएदेखि इरानका सबै २२ प्रान्तमा मृत्यु रेकर्ड गरिएको छ र सबैभन्दा धेरै सिस्तान र बलुचिस्तान, तेहरान, माजानदारन, कुर्दिस्तान र गिलान प्रान्तमा रिपोर्ट गरिएको आईएचआरएनजीओले बताएको छ ।

    इरानी अधिकारीहरूले तेहरान प्रान्तमा कम्तिमा १,००० मानिसहरूलाई प्रदर्शनमा संलग्न भएको आरोपमा कारबाही सुरु गरेका छन् । अधिकार समूहले दर्जनौं प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय हुनसक्ने बताएका छन् ।

    शुक्रबार, संयुक्त राष्ट्रसंघका विज्ञहरूले इरानी अधिकारीहरूलाई ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागीलाई मृत्युदण्डको सजायको धम्की दिन बन्द गर्न’ र ‘विद्रोह दबाउन मृत्युदण्डको सजाय प्रयोग गर्न बन्द गर्न’ आग्रह गरे ।


    आइतवार, कार्तिक २७ २०७९०६:१८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij