Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टी–ट्वान्टी विश्वकप : पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड च्याम्पियन

टी–ट्वान्टी विश्वकप : पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड च्याम्पियन

  • आइतवार, कार्तिक २७ २०७९

  • 1.4K
    SHARES

  • टी–ट्वान्टी विश्वकप : पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड च्याम्पियन
    काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार(आज) भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो।
     
    पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्‍यो ।
     
    इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बने । उनले अविजित रहँदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । लियाम लिभिङस्टोन १ रनमा अविजित रहे । कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए ।
     
    मोइन अलि १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए । पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहम्मद वासिम र शाहिन शाह अफ्रिदीले १/१ विकेट लिए ।    
     
    त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय  ३७ रन बनाएको थियो ।
     
    पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहम्मद रिजवानले १५ रन बनाए । शादब खानले २० रन जोड्दा मोहम्मद हरिस ८ रन, मोहम्मद वासिम ४ रन, मोहम्मद नवाज ३ रन  तथा इफ्तिखर अहमेद शून्य रनमा आउट भए ।
     
    शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहँदा हरिस राउफले अविजित १ रन बनाए । इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए ।  क्रिस जोर्डन र आदील राशिदले २/२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।
     
    इंग्ल्यान्डले दोस्रो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो ।


    आइतवार, कार्तिक २७ २०७९०५:३०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij