काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज बजार परिसूचक नेप्से १०.५४ अंक (०.५६ प्रतिशत) ले गिरावट भएर १८८३.१६ अंकमा बन्द भएको छ । २० कात्तिकमा १९६५.३६ अंकसम्म पुगेको नेप्से पछिल्लो पाँच दिन लगातार घट्दा ८३ अंकको गिरावट भएको छ ।
नेप्सेसँगै होटेल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट भएको छ । होटेल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ । आज हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ । नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ ।
आज नेप्सेमा २० लाख २८ हजार ३४८ कित्ता शेयर किनबेच हुँदा ७७ करोड ४९ लाख १२ हजारको कारोबार भएको छ । १७ कात्तिकपछि कारोबार रकम १ अर्बबाट झरेको छ । आज शिवम् सिमेन्टको सर्वाधिक १० करोड ३९ लाख ६ हजारको कारोबार हुँदा निर्धन उत्थान लघुवित्तको २ करोड ४० लाख ५२ हजार र नबिल बैंकको २ करोड ३८ लाख २६ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा कुल १८५ कम्पनीको शेयर कारोबार हुँदा १३१ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४४ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको स्थिर रहेको छ ।
बिहीबार सूचीकृत कम्पनीमा मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ३.७४ प्रतिशतले वृद्धि हुँदा सिंगटी हाइड्रोपावरको ३.३५ प्रतिशत र गोर्खाज फाइनान्सको ३.१४ प्रतिशतले वृद्धि भएको छ । लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य भने सर्वाधिक ७.९० प्रतिशत र लक्ष्मी उन्नति कोषको इकाई मूल्य ३.७७ प्रतिशतले बढेको छ ।
यता नबिल ब्यालेन्स फण्ड २ को इकाई मूल्य ६.९० प्रतिशतले गिरावट हुँदा खराब वित्तीय विवरणले निर्धन उत्थान लघुवित्तको शेयर मूल्य ६.४० प्रतिशतले गिरावट भएको छ ।