Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

युथ कांग्रेसको केन्द्रीय कार्यसमिति विस्तार, लोकतन्त्रको पक्षमा अझ शसक्त उभिने अठोट

युथ कांग्रेसको केन्द्रीय कार्यसमिति विस्तार, लोकतन्त्रको पक्षमा अझ शसक्त उभिने अठोट

  • सोमवार, भाद्र २२ २०७७

  • 937
    SHARES

  • युथ कांग्रेसको केन्द्रीय कार्यसमिति विस्तार, लोकतन्त्रको पक्षमा अझ शसक्त उभिने अठोट

    काठमाडौं । लोकतन्त्रवादी युवाहरुको संगठनको रुपमा रहेको युथ कांग्रेस नेपालले केन्द्रीय कार्यसमिति विस्तार गरेको छ । सचिन तिमल्सेनाको संयोजकत्वमा केही बर्ष अगाडि गठन भएको युथ कंग्रेसको आइतबार केन्द्रीय समिति विस्तार गरी १५ सदस्यीय बनाइएको हो ।

    मुलुकमा जटिलता थप बढ्दै गएकाले संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय कार्यसमिति विस्तार गरिएको महामन्त्री महेश दुलालले जानकारी दिनुभयो।

    युथ कांग्रेसद्धारा जारी विज्ञप्तीका अनुसार केन्द्रीय सदस्यहरुमा विद्युत लामिछाने, मनोज पुरी, सगुन कडेंल, सुजता गुरुङ, प्रकाश परियार, भुवन गिरी, डा. रितेश थापा, शंकर कुइँकेल, दिलनवाज शेख, साइरस शर्मा, अस्मिता साह, यजस्वी राई र विनोद देउवा ठकुरी रहेका छन् ।

    युवाहरुको यस संगठनले गत ३ वर्षदेखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभूतिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रीय सदस्य शंकर कुइँकेलले जानकारी दिनुभयो ।

    पछिल्लो समयमा भएको एनफ इज एनफ नाराका साथ भइरहेको आन्दोलन, माइतीघर केन्द्रीत कतिपय आन्दोलन, विक्रिति विसंगति विरुद्धका अरु धेरै आन्दोलनहरुमा यस संगठनले नेतृत्व गर्दै आएको छ ।

    आफुहरुले युवाहरुलाई राजनीतिमा आकर्षित गर्ने र लोकतन्त्रलाई बलियो बनाउनेमा आफ्ना कार्यक्रमहरुलाई केन्द्रीत गर्ने गरेको केन्द्रीय सदस्य कुइँकेलले बताउनुभयो । उहाँले कार्यसमिति विस्तारसँगै आफुहरु लोकतन्त्रको पक्षमा देशव्यापी आवाज बुलन्द गर्न अझ शसक्त रुपमा प्रस्तुत हुने अठोट पनि व्यक्त गर्नुभयो ।

     

     

     


    सोमवार, भाद्र २२ २०७७०७:४७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij