Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेना परिचालन गरेर दसैँसम्मै निषेधाज्ञा लम्ब्याउने काठमाडौँका प्रशासकहरुको तयारी

सेना परिचालन गरेर दसैँसम्मै निषेधाज्ञा लम्ब्याउने काठमाडौँका प्रशासकहरुको तयारी

  • आइतवार, भाद्र २१ २०७७

  • 1.8K
    SHARES

  • सेना परिचालन गरेर दसैँसम्मै निषेधाज्ञा लम्ब्याउने काठमाडौँका प्रशासकहरुको तयारी

    काठमाडौँ – लगातारको लकडाउन र निषेधाज्ञाका कारण रोजीरोटी खोसिएपछि मानिसहरु भोकभोकै पर्न थालेका बेला प्रशासकहरुले भने दसैँसम्मै निषेधाज्ञा लम्ब्याउनुपर्ने बताएका छन्।

    काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना रोमथामका लागि जारी निषेधाज्ञालाई दसैँसम्मै लम्ब्याउनुपर्ने बताएका हुन्। उनीहरुले काठमाडौँ प्रवेश गर्ने नाकामा आवागमन रोक्न सेना परिचालन गर्नुपर्ने समेत माग गरेका छन्।

    प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थित ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैँसम्मै निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

    चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिले देखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई भने निरन्तरता दिनुपर्ने उहाँको राय छ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले दसैँसम्मै निषेधाज्ञा लम्ब्याउनुपर्ने बताएका बेला काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताउनुभएको छ।

    उहाँले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताउनुभयो। नचाहेरै पनि दैनिक २ हजार भन्दा बढी मान्छेलाई काठमाडौँ भित्राउनु परेको बताउँदै उहाँले नाकालाई ठप्प पार्न नसकिने भएकोले सेना परिचालन गर्न माग गर्नुभयो।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने नाका ठप्प पार्ने कुरामा विमति जनाउनुभयो। मान्छेलाई आउनै दिन्न भन्दा पनि जिम्मेवार रुपमा कसरी ल्याउने वा पठाउने भन्ने सम्बन्धमा काम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ।

    यता दसैँसम्मै निषेधाज्ञा थप्नुपर्ने काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सुझावप्रति सांसदहरुले भने आपत्ति जनाएका छन्।

    समिति बैठकमा सांसद जीवनराम श्रेष्ठले कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा मात्रै एक मात्र विकल्प नरहेको बताउनुभयो।

    उहाँले परीक्षणको दायरा बढाउने, अस्पतालको क्षमता वृद्धि गर्ने कुरामा ध्यान नदिएर निषेधाज्ञा मात्रै थप्ने कुरा वैज्ञानिक हुन नसक्ने बताउनुभयो।

    काठमाडौँ उपत्यकासहित देशभकारका थुप्रै जिल्लामा अहिले निषेधाज्ञा जारी गरिएको छ। तर कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा मात्रै विकल्प हो भन्ने नठान्न सरकारलाई चौतर्फी दबाब परिरहेको छ।

    यता सरकार भने ती आवाजहरुलाई सुन्न नचाहेर निषेधाज्ञा मात्रै थप्ने रणनीतिमा लागेपछि आम नागरिकहरुको धैयर्ता भत्कने क्रममा पुग्न थालेको छ।


    आइतवार, भाद्र २१ २०७७०७:५२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij