Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ३९ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा ३९ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

  • बुधवार, कार्तिक २३ २०७९

  • 556
    SHARES

  • नेप्सेमा ३९ अंकको गिरावट, कारोबार रकम भने बढ्यो
    काठमाडौं । साताको चौथो दिन बुधवार(आज) शेयर बजारमा २ प्रतिशतको उच्च गिरावट भएको छ । आज बजार परिसूचक नेप्से ३९.१५ अंकले गिरावट भएर १९१७.२२ अंकमा बन्द भएको छ ।
     
    नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ४.७३ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा उच्च गिरावट भएपनि कारोबार रकम भने बढेको छ । हिजो १ अर्ब ५ करोडमा झरेको कारोबार आज भने बढेर १ अर्ब ४० करोड नाघेको छ । ३६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७३ लाख ९५ हजारको कारोबार भएको छ ।
     
    जसमध्ये नेस्डो समृद्धि लघुवित्तको सर्वाधिक ६ करोड ७८ लाख २८ हजारको कारोबार हुँदा शिवं सिमेन्टको ६ करोड ८ लाख ४९ हजार र हिमालयन डिस्टिलरीको ५ करोड १० लाख ११ हजारको कारोबार भएको छ ।
     
    आज बजारमा कुल १८५ कम्पनीको शेयर कारोबार भएकोमा १८१ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ भने ४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । अपर हेवाखोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ७.४२ प्रतिशतले वृद्धि हुँदा बिन नेपाल लघुवित्तको शेयर मूल्य १.७३ प्रतिशत, माउन्टेन इनर्जीको शेयर मूल्य १.३३ प्रतिशत र बलेफी हाइड्रोपावरको शेयर मूल्य ०.४० प्रतिशतले बढेको छ ।
     
    एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ७.९५ प्रतिशतले गिरावट हुँदा गुराँस लघुवित्तको शेयर मूल्य ७.६० प्रतिशत र उपकार लघुवित्तको शेयर मूल्य ७.१७ प्रतिशतले घटेको छ ।


    बुधवार, कार्तिक २३ २०७९०३:४७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij