काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेट्न आफूले पहल गरेको दावी गर्नुभएको छ ।
उहाँले आफ्नै कारणले नेपालको चुच्चे नक्सा बनेको दावी गर्नुभएको हो । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुग्नुभएका अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो,'ओलीले आफूले चुच्चे नक्सा बनाए भनेर हल्ला फिजाए। त्यो झुटो हो। मेरै पहलमा चुच्चे नक्सा बनेको हो।'
उहाँले चुनाव जित्न नभइ नेकपा एमालेका अध्यक्ष केपी ओलीको दम्भ रोक्न गठबन्धन गरेको बताउनुभउको छ ।