Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१० वर्षमा मुलुकको राजनीतिलाई पुरै सुधार गर्छुः गगन थापा

१० वर्षमा मुलुकको राजनीतिलाई पुरै सुधार गर्छुः गगन थापा

  • मंगलवार, कार्तिक २२ २०७९

  • 546
    SHARES

  • १० वर्षमा मुलुकको राजनीतिलाई पुरै सुधार गर्छुः गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिलाई पूरै सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने धारणा राख्नुभयो ।

    कांग्रेसको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुले बहुमत ल्याउन चाहेको बताउनुभयो । उहाँले मंसिर ४ गतेको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरुले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थानै नरहने चेतावनी समेत दिनुभएको छ ।

    थापाले आगामी निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गर्नुभएको छ । राजनीतिमा युवाहरुको जबरजस्त हस्तक्षेप हुनुपर्ने बताउँदै आउनुभएका थापाले यसपटक भने आफूलाई प्रधानमन्त्रीकै उम्मेदवारको रुपमा अघि बढाउनुभएको छ ।


    मंगलवार, कार्तिक २२ २०७९०५:१२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij