Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

बीमा समिति आजदेखि बीमा प्राधिकरण

बीमा समिति आजदेखि बीमा प्राधिकरण

  • मंगलवार, कार्तिक २२ २०७९

  • 945
    SHARES

  • बीमा समिति आजदेखि बीमा प्राधिकरण

    काठमाडौँ । बीमा समिति आजदेखि प्राधिकरणमा परिणत भएको छ। बीमा ऐन, २०७९ बमोजिम बीमा समिति आजदेखि ‘नेपाल बीमा प्राधिकरण’ मा परिणत भइ औपचारिक रूपमै प्राधिकरणले काम सुरु गरेको छ।

    नेपालको संविधान, २०७२ बमोजिम सङ्घीय संसद्बाट बनेको बीमा ऐन, २०७९ को व्यवस्थाबाट प्राधिकरणमा परिणत भएको घोषणा गर्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यसअघि नेपालको बीमा नियमनकारी निकायका रूपमा बीमा समितिबाट भएका सम्पूर्ण काम कारबाहीहरू अबदेखि नेपाल बीमा प्राधिकरणबाट हुने जानकारी दिनुभयो ।

    उहाँले बीमा ऐन, २०७९ जारी भएसँगै नेपाल बीमा प्राधिकरण थप स्वायत्त हुने जानकारी दिनुभयो। गत असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट बीमा ऐन, २०७९ स्वीकृत भएको थियो ।


    मंगलवार, कार्तिक २२ २०७९०१:३०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij