Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘जेलमा राख्छु, तर त्यहाँ खाना खान दिन्न भन्न मिल्दैन’

‘जेलमा राख्छु, तर त्यहाँ खाना खान दिन्न भन्न मिल्दैन’

  • आइतवार, भाद्र २१ २०७७

  • 1.5K
    SHARES

  • ‘जेलमा राख्छु, तर त्यहाँ खाना खान दिन्न भन्न मिल्दैन’

    काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले लामो लकडाउन गरे सरकारले सर्वसाधारण जनतालाई बिचल्लीमा पारेको आरोप लगानुभएको छ । जनतालाई यसरी बिचल्लीमा पार्नु अपराध भएको उहाँको भनाइ छ ।

    आज ट्विट गर्दै संयोजक मिश्रले लकडाउन बिपन्न जनताका लागि जेलसरह भएको बताउनुभएको छ ।

    ‘म तिमीलाई जेलमा राख्छु, तर, जेलमा खाना खान दिन्न भन्न मिल्दैन । बिपन्न श्रमिकहरूका लागि लकडाउन भनेको जेल समान हो ।’

    बिपन्न जनतालाई सरकारले सित्तैमा खाना खुवाउनुपर्ने होइन भने हामी खाना खुवाउन नसक्ने अवस्थामा पुगौं भनेर सार्वजनिक अपिल गर्नुपर्ने संयोजक मिश्रको माग छ ।

    ‘कि सरकारले हामी खाना खुवाउन नसक्ने अवस्थामा पुग्यौं, जनताको सहयोग चाहियो भनेर सार्वजनिक अपिल गर्नुपर्यो’, उहाँले भन्नुभयो, ‘होइन भने नागरिकलाई यस्तो बिचल्लीमा पार्नु र मार्नु अपराध हो ।’

    Capture.PNG


    आइतवार, भाद्र २१ २०७७०३:५६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij