Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानमा डेंगुको प्रकोप बढ्दै, २४ घन्टामा ५ जनाको मृत्यु

पाकिस्तानमा डेंगुको प्रकोप बढ्दै, २४ घन्टामा ५ जनाको मृत्यु

  • सोमवार, कार्तिक २१ २०७९

  • 503
    SHARES

  • पाकिस्तानमा डेंगुको प्रकोप बढ्दै, २४ घन्टामा ५ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेँगुको प्रकोप झन् बढेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

    ती अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ ।


    पञ्जावमा मात्र आइतबार ४ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ । पञ्जाव प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेँगुको सङ्क्रमण भएको पाइएको छ । सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ ।

    करिब तीन महिना यतादेखि बढेको यो सङ्क्रमणबाट यस वर्षमात्र सिन्ध प्रान्तमा १६ हजार जनाभन्दा बढी सङ्क्रमित भएका छन् । साथै सिन्ध प्रान्तमा पनि यो सङ्क्रमणबाट १९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ ।

    यस वर्षको मनसुनी वर्षाले पाकिस्तानमा ठूलो क्षति पुर्याएको थियो । दशौँ लाख मानिस प्रभावित भएका थिए भने लाखौँ जना घरवारविहीन भएका छन् । बाढीपछिको फोहर र बाढी प्रभावित नागरिकको अव्यवस्थित बसाइका कारण यहाँ डेँगुको प्रकोप बढेको बताइएको थियो ।

    तर अहिले पनि सो प्रकोप नघटेको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ ।


    सोमवार, कार्तिक २१ २०७९०१:२२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij