काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमवार(आज) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजोको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा ५० रुपैयाँले बढेको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदीको कारोबार मूल्य तोलामा १२ सय ६५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।