Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तान्जानियामा अवतरणको क्रममा विमान दुर्घटना, १९ जनाको मृत्यु

तान्जानियामा अवतरणको क्रममा विमान दुर्घटना, १९ जनाको मृत्यु

  • सोमवार, कार्तिक २१ २०७९

  • 485
    SHARES

  • तान्जानियामा अवतरणको क्रममा विमान दुर्घटना, १९ जनाको मृत्यु
    एजेन्सी ।  तान्जानियाको बुकोबा विमानस्थलमा अवतरण गराउने क्रममा एक यात्रुवाहक विमान लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने २६ जनालाई अस्पताल भर्ना गरिएको छ ।
     
    प्रेसिजन एयरको उक्त विमानमा कूल ४३ जना सवार थिए । विमानका दुई पाइलट भने दुर्घटनापश्चात् पनि सकुशल रहे पनि पछि मृत्यु भएको हुन सक्ने तान्जानियाका प्रधानमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
     
    उद्धारकर्ता र स्थानीयहरू दुर्घटनामा परेका मानिसहरूको उद्धार कार्यमा खटिएका छन् । विमानस्थलमा अवतरणका लागि झर्दै गर्दा विमान पानीमा डुबेको देखेको विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् ।
     
    दुर्घटनाको कारण खराब मौसम भएको बताइएको छ । उक्त ताल बुकोबा विमानस्थलबाट धेरै नजिक रहेको अफ्रिकाको सबैभन्दा ठुलो तालसमेत हो । राष्ट्रपति सामिया सुलुहु हसनले उक्त घटनाप्रति शोक व्यक्त गरेका छन् ।


    सोमवार, कार्तिक २१ २०७९०७:०६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij