Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्से ४३ अंकले बढ्यो, डेढ अर्बको कारोबार 

नेप्से ४३ अंकले बढ्यो, डेढ अर्बको कारोबार 

  • आइतवार, कार्तिक २० २०७९

  • 594
    SHARES

  • नेप्से ४३ अंकले बढ्यो, डेढ अर्बको कारोबार 
    काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से २ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । आइतबार(आज) बजार परिसूचक नेप्से ४३.२० अंक (२.२५ प्रतिशत) ले वृद्धि भएर १९६५.३६ अंकमा बन्द भएको छ ।
     
    नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक भने ०.०५ प्रतिशतले गिरावट भएको छ । जाल्पा सामुदायिक लघुवित्तले आकर्षक लाभांश प्रस्ताव गर्दा लघुवित्त कम्पनीहरूको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसले गर्दा लघुवित्त उपसूचक ४.५८ प्रतिशतले वृद्धि भएको छ ।
     
    नेप्से उकालो लाग्दा कारोबार रकम पनि बढेको छ । गत बिहीबार ८० करोडमा सीमित भएको कारोबार रकम बढेर आज डेढ अर्ब नाघेको छ । आज बजारमा १९ लाख १३ हजार ५७३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख ३३ हजारको कारोबार भएको छ ।
     
    जसमध्ये नेस्डो समृद्धि लघुवित्तको सर्वाधिक १० करोड १४ लाख ९७ हजारको कारोबार हुँदा एभरेष्ट बैंकको ७ करोड ९ लाख १ हजार र हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ७५ लाख ४८ हजारको कारोबार भएको छ ।
     
    आज नेप्सेमा कुल १८६ कम्पनीको शेयर कारोबार हुँदा १८५ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । सिटिजन्स बैंकको शेयर मूल्य भने ०.५३ प्रतिशतले गिरावट भएको छ । यता महिला, जाल्पा सामुदायिक लघुवित्त, नेस्डो समृद्धि लघुवित्त उपकार लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।
     


    आइतवार, कार्तिक २० २०७९०३:४०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij