काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता पूर्व मन्त्री एवम् बाम लोकतान्त्रिक गठबन्धन डोटीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरले आफ्नो प्रभाव बढाउँदै लगेका छन् ।
नेकपा एकीकृत समाजवादी स्थापना भएको छोटो अवधिमा पुनः प्रतिनिधिसभा उम्मेदवार बनेका आलेले संगठन बिस्तारदेखि डोटी कांग्रेससँगको सम्बन्धमा सुधार ल्याउँदै गएका छन् ।
यसअघि वनमन्त्री र पर्यमन्त्री बनेका आलेको डोटीमा प्रभाव पनि बढ्दै गएको छ । कांग्रेसले पनि पार्टी नेतृत्वको ह्वीपलाई उल्लंघन नगरेपछि आलेलाई सहज हुँदै गएको छ । सहजपुर–बोगटान सडकको स्तरोन्नतीदेखि दुःख पीडामा परेका नागरिकलाई सहयोग गर्दै आएका आलेले आगामी दिनमा त्यहाँको सडकलाई कालोपत्रे गर्नेदेखि पर्यटकीयस्थलहरुको संरक्षण गर्ने बाचा गरेका छन् ।
यसअघि आलेले डोटीबाट प्रतिनिधिसभा सदस्यमा दुईपटक विजय हासिल गरिसकेका छन् । आलेले पर्यटनमन्त्री हुँदा पनि पशुपति क्षेत्रका व्यापारीले हडपेका संरचनाहरुलाई सरकारको स्वामित्वमा फर्काएका थिए ।
कर नतिर्ने क्यासिनोदेखि होटेल व्यवसायमा आलेको नजर परेको थियो ।