काठमाडौ, पाकिस्तानले नेपालका लागी नयाँ राजदुत नियुक्त गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्री शेहवाज सरिफले अबराच एच लाइ नेपालका लागी नयाँ राजदुत नियुक्त गर्नुभएको नेपालस्थीत पाकिस्तानी राजदुतावासले जानकारी दिएको छ ।
पाकिस्तानी परराष्ट्रमन्त्री वेलावल भुट्टोको सिफारिसमा प्रधानमन्त्री सरिफले उनलाई राजदुत नियुक्त गरेका हुन् । उनि यसअघि अमेरिकास्थीत पाकिस्तानी दुतावासमा कार्यरत रहेको पनि दुतावासले जानकारी गराएको छ ।