Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव

गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव

  • शनिवार, कार्तिक १९ २०७९

  • 2.0K
    SHARES

  • गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव

    काठमाडौं । गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव उत्पन्न भएको छ । सङ्खुवासभाको खाँदबारी पाङ्ठामा गएराति भएको साङ्गीतिक कार्यक्रममा सहभागी दर्शकहरूले हो हल्ला गरेका थिए ।

    अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै तनाव उत्पन्न भएको थियो । प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको प्रहरीले जनाएको छ ।

    सङ्खुवासभा प्रहरीका एक अधिकारीले भन्नुभयो ‘कार्यक्रममा सामान्य तनाव भएको थियो । दर्शक दीर्घाबाट हो हल्ला भयो । तर प्रहरी खटिएकाले त्यस्तो कुनै घटना हुन पाएन ।’

    एकादशीका अवसरमा आयोजित कार्यक्रममा गायिका अधिकारी सहभागी हुनुभएको थियो । आयोजकले मेलाका अवसरमा साङ्गीतिक साँझको आयोजना गरेको थियो । सोही कार्यक्रममा प्रस्तुति दिन समीक्षा त्यहाँ पुग्नुभएको थियो ।

    समीक्षामाथि स्टेजमै ढुङ्गा प्रहार भएको भन्ने खबरहरू आएपनि प्रहरीले भने त्यस्तो नभएको बताएको छ ।


    शनिवार, कार्तिक १९ २०७९०२:२१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij