Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

मुस्ताङमा जलवायु अनुकूल पूर्वाधार बनाउनु पर्छ-राष्ट्रपति भण्डारी

मुस्ताङमा जलवायु अनुकूल पूर्वाधार बनाउनु पर्छ-राष्ट्रपति भण्डारी

  • शुक्रवार, कार्तिक १८ २०७९

  • 290
    SHARES

  • मुस्ताङमा जलवायु अनुकूल पूर्वाधार बनाउनु पर्छ-राष्ट्रपति भण्डारी

    काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास गर्नुपर्ने बताउनुभएको छ ।

    आज मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताउनु भएको हो ।

    उहाँले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह गर्नुभयो । मुस्ताङबासीको दैनिक जनजीवन पनि जलवायु अनुकूलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको भण्डारीले उल्लेख गर्नुभयो ।

    राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यकता औल्याउनुभयो ।


    शुक्रवार, कार्तिक १८ २०७९०१:११:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij