काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । सुनचाँदी व्यवसायी महासंघले शुक्रबार(आज)को कारोबार मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो । यसअघि, हिजो पनि सुनको मूल्य घटेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ जार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ थियो ।
सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने बढेको छ । हिजो तोलामा १० रुपैयाँ घटेको चाँदीको मूल्य आज १० रुपैयाँले नै बढेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १२ सय २५ रुपैयाँ छ ।