Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संघीयता कै कारणले महामारी नियन्त्रण भएको हो : मुख्यमन्त्री भट्ट

संघीयता कै कारणले महामारी नियन्त्रण भएको हो : मुख्यमन्त्री भट्ट

  • आइतवार, भाद्र २१ २०७७

  • 1.0K
    SHARES

  • संघीयता कै कारणले महामारी नियन्त्रण भएको हो : मुख्यमन्त्री भट्ट

    काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाभाइरसको महामारीको बेलामा संघीयताको आवश्यकता पुष्टि भएको दावी गर्नुभएको छ ।

    उहाँले संघीयताकै कारण नेपालमा कोरोनाभाइरसको महामारी न्युनिकरण भएको दावी पनि नेपाली नेटवर्कसँग गर्नुभयो ।
    नेपाली बहसमा बोल्दै उहाँले भन्नुभयो, “अहिले महामारीको बेलामा संघीयताको आवश्यकता पुष्टि भएको छ, संघीयता भएकाले नै अहिले महामारी व्यवस्थापन र न्युनिकरणमा धेरै सजिलो भएको छ ।”

    उहाँले मुलुकमा संघीयता नभएको भए अहिलेको महामारी नियन्त्रण गर्न धेरै गाह्रो हुने र अनियन्त्रीत अवस्थामा पुग्ने दावी पनि गर्नुभयो ।
    मुख्यमन्त्री भट्टले संघीयताको विरोध गर्नेहरुलाई नेपालको विकास विरोधीको संज्ञा पनि दिनुभयो ।

     


    आइतवार, भाद्र २१ २०७७०८:५०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij