Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डडेलधुरामा कांग्रेसका २ पूर्व जिल्ला सभापतिको समर्थन कर्ण मल्ललाई

डडेलधुरामा कांग्रेसका २ पूर्व जिल्ला सभापतिको समर्थन कर्ण मल्ललाई

  • बिहिवार, कार्तिक १७ २०७९

  • 677
    SHARES

  • डडेलधुरामा कांग्रेसका २ पूर्व जिल्ला सभापतिको समर्थन कर्ण मल्ललाई

    काठमाडौं । नेपाली कांग्रेस डडेलधुराका २ पूर्व जिल्ला सभापतिले आगामी चुनावमा कर्ण मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

    कांग्रेस डडेलधुराका पूर्व जिल्ला सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको साथ छाडेर मल्ललाई समर्थन गर्नुभएको हो ।

    ढाँट र चटौतले आगामी चुनावमा प्रतिनिधि सभाका उम्मेदवार कर्ण मल्ल र प्रदेश सभा २ का उम्मेदवार ताराप्रसाद जोशीलाई जिताउन लाग्ने बताएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापति रहेका मल्ल नेपाली कांग्रेस वीपीबाट देउवाविरुद्ध चुनावमा उठेका छन् ।

    संयुक्त विज्ञप्तिमा उनीहरुले डडेलधुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट केही सिमित व्यक्तिहरुले आम जनतामाथि जनताकै मतप्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्त गराउन मल्ला र जोशीलाई समर्थन गरेको बताएका छन् ।


    बिहिवार, कार्तिक १७ २०७९०२:३६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij