Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देउवाविरुद्ध पौडेल समुहको भर्चुअल बैठक : ‘सिटौलालाई पनि सामेल गर्ने तयारी’

देउवाविरुद्ध पौडेल समुहको भर्चुअल बैठक : ‘सिटौलालाई पनि सामेल गर्ने तयारी’

  • शनिवार, भाद्र २० २०७७

  • 1.6K
    SHARES

  • देउवाविरुद्ध पौडेल समुहको भर्चुअल बैठक : ‘सिटौलालाई पनि सामेल गर्ने तयारी’

    काठमाडौं । पार्टी विधानसम्मत सञ्चालन हुनुपर्ने र आसन्न १४ औं महाधिवेशन निस्पक्ष र पारदर्शी रुपमा समयमै सम्पन्न गराउन दबाब दिने रणनीति तयार गर्न भन्दै कांग्रेसको पौडेल पक्षले भर्चुअल बैठक गरेको छ ।

    बैठकमा केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियारको कार्यदलले ल्याएको कार्यपत्रबारे छलफल भएको वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनुभयो ।

    बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक, कोइराला, डा. शेखर कोइराला, डा. रामशरण महत, प्रकाशमान सिंह, अर्जुननरसिंह, चन्द्र भण्डारी, धनराज गुरुङलगायतका नेताहरु सहभागी थिए ।

    साथै, विगतमा कृष्णप्रसाद सिटौला गुटका भनेर चिनिएका गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरीलगायत नेता पनि बैठकमा सहभागी भए ।
    पौडेल समुहसँग सहकार्य गरेर अघि बढ्नेबारे नेता सिटौलासँग कुरा भइरहेको नेता थापाले बताएको पौडेलनिकट स्रोतले जनाएको छ ।

    कार्यदलमा केन्द्रीय सदस्यहरुले उठाएका सवाललाई तीन दिनभित्र परिमार्जन गरेर अघि बढ्ने प्रतिबद्धता थापाले व्यक्त गरेको बताइएको छ ।
    वरिष्ठ नेता पौडेलले कार्यदल बनाएर पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध केही दिनअघि आन्दोलनको गृहकार्य गरेका थिए ।

    घिमिरे, पाण्डे र जीवन परियार सदस्य रहेको कार्यदल बनाएर पौडेलले आन्दोलनका गृहकार्य गरेका हुन् । तीन सदस्यीय कार्यदलले ६ चरणको आन्दोलनको मस्यौदा तयार पारेको छ । आजको भर्चुअल बैठकमा यसै कार्यदलले ल्याएको कार्यपत्रबारे छलफल भएको हो ।

     


    शनिवार, भाद्र २० २०७७०७:२९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij