Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘भ्रष्ट कर्मचारीलाई सरकारले कारबाही नगरे हामी गर्छौ’

‘भ्रष्ट कर्मचारीलाई सरकारले कारबाही नगरे हामी गर्छौ’

  • शनिवार, भाद्र २० २०७७

  • 1.0K
    SHARES

  • ‘भ्रष्ट कर्मचारीलाई सरकारले कारबाही नगरे हामी गर्छौ’

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    विप्लव नेकपाले आज एक विज्ञप्ति जारी गर्दै नेकपाले मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार र रेल विभागका महानिर्देशकलाई कारबाही गर्न सरकारसँग माग गरेको हो ।

    ‘देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार र रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशकलाई तुरुन्तै कारबाही गर्नुपर्छ’, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विप्लव नेकपाले सरकारले त्यस्ता भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही नगरे जनताको माग बमोजिम आफूहरुले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

     


    शनिवार, भाद्र २० २०७७०५:५६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij