Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संयुक्त सैन्य अभ्यास रोक्न अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाको आह्वान

संयुक्त सैन्य अभ्यास रोक्न अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाको आह्वान

  • मंगलवार, कार्तिक १५ २०७९

  • 736
    SHARES

  • संयुक्त सैन्य अभ्यास रोक्न अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाको आह्वान
    एजेन्सी । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठुलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको छ । दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ ।
     
    ‘अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरबाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकराबको चरणमा प्रवेश गरेको छ । अमेरिका र दक्षिण कोरियाले वर्षेनी सैन्य अभ्यास गर्दै आएका छन् । उनीहरूको सैन्य अभ्यासको प्योङयाङले विरोध गर्दै आएको छ ।
     
    उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्दै आएको छ । उत्तरको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाएको छ ।
     


    मंगलवार, कार्तिक १५ २०७९१०:४७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij