Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारत र चीनका रक्षामन्त्रीले रुस गएर वार्ता गर्नुको कारण के ?

भारत र चीनका रक्षामन्त्रीले रुस गएर वार्ता गर्नुको कारण के ?

  • शनिवार, भाद्र २० २०७७

  • 8.5K
    SHARES

  • भारत र चीनका रक्षामन्त्रीले रुस गएर वार्ता गर्नुको कारण के ?

    एजेन्सी । सीमा क्षेत्र लद्दाखमा तनाव भइरहेका बेला भारत र चीनका रक्षामन्त्रीबीच भेटवार्ता भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र चीनका रक्षामन्त्री वेई फेंघेबीच रुसमा भेटवार्ता भएको हो ।

    दुई घण्टा २० मिनेटसम्म भएको छलफल सीमामा भइरहेको दुई देशका सेनाको तनाव कम गर्ने विषयमा केन्द्रीत रहेको बिबिसीले जनाएको छ ।

    सांघाई सहयोग संगठनको बैठकमा भाग लिन रुस पुगेका दुई देशका रक्षामन्त्रीबीचको छलफलले सीमा क्षेत्रमा भइरहेको तनाव कम हुने अपेक्षा लिइएको जनाइएको छ ।

    गत जुनमा लद्दाखको गलवान उपत्यकामा भएको झडपमा २० जना भारतीय सैनिकको ज्यान गएपछि दुई देशबीचको तनाव बढ्दै गएको छ ।

    यसैबीच, रुसमा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले बताएका छन् ।

    सो खोपको परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति समावेस थिए र उनीहरुलाई खोप दिइएको ४२ दिनपछि परीक्षण गर्दा सबैले तीन हप्ता भित्रैमा रोगसँग लड्ने एन्टिबडी पैदा भइसकेको थियो ।

    अध्ययनका क्रममा सबैमा टाउको र जोर्नी दुख्ने जस्ता साइडइफेक्ट पाइएको थियो । तर, अन्य कुनै गम्भीर साइडइफेक्ट भने थिएन ।

    परिणाम राम्रो देखिएकाले रुसले सो खोपको ठूलो संख्यामा यही सेप्टेम्बरमा उत्पादन थाल्ने र एक वर्षमा ५० करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ ।

     


    शनिवार, भाद्र २० २०७७१२:५१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij