Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

  • सोमवार, कार्तिक १४ २०७९

  • 546
    SHARES

  • लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

    काठमाडौं । लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रो पटक चुनिएका छन्।

    निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै वामपन्थी नेता सिल्भा राष्ट्रपति बनेका हुन्।

    सिएनएनका अनुसार यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो। सिल्भाले ५०.८३ प्रतिशत र बोल्सोनारोले ४९.१७ प्रतिशत मत प्राप्त गरेका थिए।

    पहिलो चरणको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि सबैभन्दा धेरै मत पाएका सिल्भा र बोल्सोनारोबीच ३० अक्टुबर आइतबार पुनः चुनाव भएको थियो।

    नवनिर्वाचित राष्ट्रपति सिल्भाले भोलि जनवरी १ मा सपथ लिनेछन्। विजय पछि उनले विभाजित देशलाई एकीकरण गर्ने बाचा गरेका छन्।

    लुलाले अमेजन जङ्गलको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग पनि मागेका छन्। उनले अब ब्राजिललाई कच्चा पदार्थको निर्यातकर्ता मात्र बन्नका लागि व्यापार सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

    वामपन्थी नेता लुला तीन वर्षअघिसम्म भ्रष्टाचार मुद्दामा जेल सजाय भोग्दै आएका थिए।


    सोमवार, कार्तिक १४ २०७९०२:०५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij