Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीद्वारा गुह्येश्वरी पुगेर छठपूजा

राष्ट्रपति भण्डारीद्वारा गुह्येश्वरी पुगेर छठपूजा

  • आइतवार, कार्तिक १३ २०७९

  • 396
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा गुह्येश्वरी पुगेर छठपूजा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी र गुह्येश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गर्नुभएको छ ।

    आइतबार राष्ट्रपति भण्डारीले कमलपोखरी र गुह्येश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गर्नुभएको हो ।

    देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ ।

    प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रुपमा मनाउने गरिन्छ ।

    छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि भव्य रुपमा सजाइएको थियो ।


    आइतवार, कार्तिक १३ २०७९०६:३८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij