Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सोमालियामा भएको कार बम आक्रमणमा १ सय जनाको मृत्यु

सोमालियामा भएको कार बम आक्रमणमा १ सय जनाको मृत्यु

  • आइतवार, कार्तिक १३ २०७९

  • 408
    SHARES

  • सोमालियामा भएको कार बम आक्रमणमा १ सय जनाको मृत्यु

    काठमाडौं । सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ ।

    शनिबार शिक्षा मन्त्रालयबाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका बताएका छन् ।

    यसै वर्ष सोमालियाको राष्ट्रपति बनेका हसन शेख महमुदले घटनास्थलको भ्रमण गरेको बताइएको छ । उनले घाइतेको उपचार गर्नका लागि समेत सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।

    ५ वर्षअघि पनि सोही क्षेत्रमा ट्रक बम विस्फोट हुँदा ५ सय जनाको मृत्यु भएको थियो । आक्रमणको जिम्मा आतंककारी संगठन अल कायदासँग आबद्ध सोमालियामा सक्रिय अल शबाब लडाकु समूहले लिएको छ । शिक्षा मन्त्रालय दुश्मनहरुको अखडा रहेको भन्दै सो स्थानमा आक्रमण गरिएको अल शबाबले जनाएको छ ।

    गैर मुसलमान देशबाट आउने सहयोगमा इस्लामिक आस्थाबाट सोमाली बालबालिकालाई मन्त्रालयले टाढा बनाउँदै गएका कारण आक्रमण गरिएको अल शबाबको दाबी छ ।

    अल शबाब लगायतका संगठनको हिंसात्मक अतिवादविरुद्ध थप पहलबारे छलफल गर्न सोमाली राष्ट्रपति, प्रधानमन्त्री र अन्य वरिष्ठ अधिकारीहरुले छलफल गरिरहेकै बेला अल शबाबले आक्रमण गरेको हो ।


    आइतवार, कार्तिक १३ २०७९०२:२५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij