एजेन्सी । विश्वभर कोरोनाबाट २ करोड ६५ लाख २ हजार ५०३ जना संक्रमित भएका भएका छन् भने ८ लाख ७३ हजार ८०५ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै १ करोड ८६ लाख ८४ हजार २३१ जना निको भएर घर फकिएका छन् ।
कोरोनाबाट अमेरिकामा ६३ लाख ३५ हजार २४४ जना भएका सङ्क्रमित छन् । ३५ लाख ७५ हजार ९६ जना निको भएका छन् १ लाख ९१ हजार ५८ जनाको मृत्यु भइसकेको छ ।
ब्राजिलमा ४० लाख ४६ हजार १५० जना कोरोना सङ्क्रमति रहेका छन् । त्यहाँ ३२ लाख ४७ हजार ६१० जना निको भएका छन् भने १ लाख २४ हजार ७२९ जनाको मृत्यु भएको छ ।
भारतमा ३९ लाख ३६ हजार ७४७ जना सङ्क्रमति रहेका छन् भने ३० लाख ३७ हजार १५१ निको भएका छन् । त्यसैगरी, ६८ हजार ५६९ जनाको मृत्यु भएको छ ।