Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

संसदीय दलमा मुख्यमन्त्रीको राजीनामा मागिएको छैनः मन्त्री फुयाल

संसदीय दलमा मुख्यमन्त्रीको राजीनामा मागिएको छैनः मन्त्री फुयाल

  • शनिवार, आषाढ २० २०७७

  • 835
    SHARES

  • संसदीय दलमा मुख्यमन्त्रीको राजीनामा मागिएको छैनः मन्त्री फुयाल

    काठमाडौँ । बाग्मती प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री रामेश्वर फुयालले प्रदेश सभा र संसदीय दलभित्र मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा नमागिएको बताउनुभएको छ ।

    उहाँले राजनीतिमा कसैको राजीनामा माग्ने कुरा त्यस्तो गम्भिर विषय नबन्ने र संसद तथा पार्टीको संसदीय दलमा कसैले पनि राजीनामाको विषय नउठाएको भन्दै मुख्यमन्त्री पौडेलको बचाउन गर्नुभएको छ ।

    हेटौंडामा चार दिनसम्म सञ्चालन भएको नेकपा संसदीय दलको बैठकमा प्रदेश सरकारको गतिविधिप्रति असन्तुष्टि पोख्दै सांसदहरुले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पौडेलको राजीनामा माग गरेका थिए ।

    नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै मन्त्री फुयालले बैठकमा सांसदहरुले सरकार सञ्चालन, बजेट कार्यान्वयनको प्रभावकारिता र आगामी आर्थिक वर्षको बजेटमा प्रश्न उठाएको बताउनुभयो ।

    विशेष गरी पूर्वमाओवादी निकट तथा तत्कालीन एमाले निकट माधव नेपाल पक्षधरका सांसद्हरुले पौडेलेको राजीनामा मागेका थिए । मन्त्री फुयालले कोरोनाका कारण जनताको अपेक्षाअनुसार विकास निर्माणको काम पूरा नभएको सत्य भएपनि पौडेलको राजीनामाको कुरा आधिकारिक रुपमा नउठेको बताउनुभयो ।

    उहाँले पार्टीको घोषणापत्रअनुसार समाजवादउन्मुख बजेट निर्माणमा सरकार सफल भएको दावीगर्दै बैठकमा बजेटमा छुटेका विषयलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिनुभयो ।

    संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरुप्रति लगातार प्रश्न खडा भएपछि त्यसको समाधान र संसदीय दललाई सुझाव दिनका लागि पाँच सदस्यीय समिति निर्माण गरिएको नभई सरकारलाई आगामी दिनमा आउने समस्याका विषयमा सुझाव दिन समिति बनाइएको फुयालको भनाई छ ।


    शनिवार, आषाढ २० २०७७०२:४५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij