काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध गठबन्धन बनेको दोहो¥याउनुभएको छ ।
सोमबार भएको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सानो मेहनत र सानो कसरतबाट आफूहरु एकजुट नभएको बताउनुभयो ।
एमाले गठबन्धन परिवर्तनविरोधी भएको प्रचण्डको आरोप छ । आगामी निर्वाचन अग्रगमन र प्रतिगनबीचको संघर्ष भएको उहाँले बताउनुभयो ।
ओलीले आफू पावरमा आएपछि संविधान र गणतन्त्र उल्टाउने कसरत गरेको प्रचण्डको आरोप छ ।