काठमाडौं । तिहारका लागि आवश्यक पर्ने फूलको आयात गत वर्षको तुलनामा यस वर्ष २७ दशमलव ८८ प्रतिशतले घटेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्षको साउन र भदौ महिनामा एक करोड १४ लाख मूल्य बराबरको फूल आयात भएको थियो । यस वर्षको सोही समयमा फूलको आयात ८२ लाख २१ हजार रुपैयाँ मात्रै छ ।
गत वर्षको तुलनामा यस वर्ष फूलको आयात ३१ लाख ७९ हजार घटेको हो । गत वर्षको साउन र भदौ महिनामा एक लाख ३४ हजार केजी फूल आयात भएको थियो । यस वर्षको सोही समयमा भने फूलको आयात एक लाख ४६ हजार केजी भएको छ । नेपालमा तिहारको लागि २४ लाख ५० हजार फूलको माला आवश्वक पर्ने फ्लोरिकल्चर एसोशियसनले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले फूलको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने प्रावधान बनाएकाले यसवर्ष फूलको आयातमा कमी भएको विभागले जनाएको छ । नेपालमा तिहारका लागि २४ लाख ५० हजार फूलको माला आवश्यक पर्ने फ्लोरिकल्चर एसोशिएसनले जनाएको छ ।