Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अनसन बसेका पूर्वमन्त्री पासवानलाई उपचारका लागि धरान लगियो

अनसन बसेका पूर्वमन्त्री पासवानलाई उपचारका लागि धरान लगियो

  • शुक्रवार, भाद्र १९ २०७७

  • 936
    SHARES

  • अनसन बसेका पूर्वमन्त्री पासवानलाई उपचारका लागि धरान लगियो

    काठमाडौं । प्रहरी हिरासतमा विजय रामको मृत्यु भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै आमरण अनसन बसेका पूर्वमन्त्री विश्वेन्द्र पासवानलाई उपचारका लागि धरान लगिएको छ ।

    बिहीबार मध्यराति प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पूर्वमन्त्री पासवानलाई एम्बुलेन्समा हालेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएको हो ।

    पूर्वमन्त्री पासवान पछिल्लो एक सातादेखि इलाका प्रहरी कार्यालय गरुडा अगाडि आमरण अनसन बस्नुभएको थियो । उहाँको स्वास्थ्य अवस्था बिग्रदै गएको थियो ।

    उहाँ आमरण अनसन बस्दा गरुडामा दैनिकजसो प्रदर्शन हुँदै आएको थियो । हिजो मात्रै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

    प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले आमरण अनसन बसेका पूर्वमन्त्रीको स्वास्थ्य अवस्था नाजुक भइसकेपछि अस्पताल पु¥याइएको बताउनुभयो ।

    पूर्वमन्त्री पासवानलाई ज्वरो पनि आएको र स्वास्थ्य अवस्था कमजोर बनिसकेको स्थानीय चिकित्सकले बताएपछि अक्सिजनसहितको एम्बुलेन्सको व्यवस्थागरी धरान पु¥याएको उहाँले जानकारी दिनुभयो ।


    शुक्रवार, भाद्र १९ २०७७०४:४०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij