Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केपी ओलीले संविधानलाई टोकरीमा फाले : प्रधानमन्त्री देउवा 

केपी ओलीले संविधानलाई टोकरीमा फाले : प्रधानमन्त्री देउवा 

  • आइतवार, कार्तिक ६ २०७९

  • 495
    SHARES

  • केपी ओलीले संविधानलाई टोकरीमा फाले : प्रधानमन्त्री देउवा 
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीले संविधानलाई टोकरीमा फालेको बताउनुभएको छ। उहाँले गठबन्धनले जिते संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षा हुने बताउनुभयो । ‘जनतालाई जसले बढी सेवा गरेको छ त्यसलाई जिताउँछन् । जनता ठुलो हो । गठबन्धन हैन,’उहाँले भन्नुभयो, ‘टिकट लिएर जितिँदैन, जनताको मन जित्नुस् ।’ 
     
    उहाँले पाँच दलीय गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताउँदै लामो समय टिक्ने समेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान र संघीयतालाई बचाउने काम गठबन्धनले गरेको छ । परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिएका छौं। यो गठबन्धन लामो समयसम्म टिक्छ ।’
     
    गठबन्धनको विजयका लागि सबै मिल्नुबाहेक अबको विकल्प नभएको पनि देउवाले बताउनुभयो । साथै उहाँले गठबन्धन विरुद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न समेत आग्रह गर्नुभएको छ ।  
     
    कांग्रेसका पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कर्णालीमा अझ गठबन्धन आवश्यक भएकाले एक भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कर्णालीमा आर्थिक समृद्धिका थुप्रै आधार भएको बताउँदै उहाँले कर्णालीको विकास र समृद्धिको लागि सरकार लागिरहेको समेत सुनाउनुभयो ।  गठबन्धनलाई चुनाव जिताएमा पाँच वर्षभित्रमा रिजल्ट देखाउने दाबी समेत देउवाले गर्नुभयो ।
     


    आइतवार, कार्तिक ६ २०७९०५:४८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij