Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पाल्पाका ३ जना नेता एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश

पाल्पाका ३ जना नेता एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश

  • आइतवार, कार्तिक ६ २०७९

  • 1.4K
    SHARES

  • पाल्पाका ३ जना नेता एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश
    पाल्पा । नेकपा एमालेमा रहेका पाल्पाका ३ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । 
     
    तानसेन नगरपालिका वडा नं. ६ का शिव बस्याल, अर्जुन बस्याल र आकाश बस्याल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । एक वक्तव्य जारी गर्दै उनीहरूले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी गराएका हुन् । 
     
    एमाले जनविरोधी र भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरूले एमाले परित्याग गरेको जनाएका हुन् । जनताका दुख भुलेर भ्रष्टाचारमा लिप्त भएको, जनविरोधी र जालझेलमा फसेकाले एमाले परित्याग उनीहरूले बताएका छन् । प्रवेश गर्नेहरूलाई नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सोम प्रसाद पाण्डेयले स्वागत गर्नुभएको थियो ।
     
    नेता पाण्डेयले तानसेन ६ मा गठबन्धनप्रति जनलहर बढेको भन्दै धेरैजसो जनता गठबन्धनको पक्षमा रहेको बताउनुभयो ।


    आइतवार, कार्तिक ६ २०७९०५:२९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij