काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सकिएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने बताएका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिनुभएको छ ।
यसअघि, प्रधानमन्त्रीले मन्त्रिमण्डल फेर्न लागेको चर्चा चलेको थियो । यसबाट केही मन्त्री झस्किएका थिए ।