Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, हुँदैछ यस्तो निर्णय

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, हुँदैछ यस्तो निर्णय

  • शुक्रवार, भाद्र १९ २०७७

  • 995
    SHARES

  • बालुवाटारमा  मन्त्रिपरिषद्को बैठक जारी, हुँदैछ यस्तो निर्णय

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्नेछ ।

    नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

    गौतमलाई राष्ट्रिय सभामा लैजान यसअघि गत फागुन १४ गते पार्टी बैठकले सरकारलाई सिफारिस गर्ने निर्णय लिएको थियो । गौतमको राष्ट्रिय सभा प्रवेशसँगै अर्थमन्त्री डा. खतिवडाको पद भने धरापमा परेको छ । अब उहाँको पद २१ भदौको मध्यराति १२ बजेसम्मका लागि मात्र छ । जारीे मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस गरेपछि खतिवडाको बिदाइ हुनेछ ।

     


    शुक्रवार, भाद्र १९ २०७७०२:०८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij