Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कुनै पनि पार्टीको बहुमत आउन नसक्ने भएपछि मिल्नुपरेको होः देउवा

कुनै पनि पार्टीको बहुमत आउन नसक्ने भएपछि मिल्नुपरेको होः देउवा

  • शुक्रवार, कार्तिक ४ २०७९

  • 565
    SHARES

  • कुनै पनि पार्टीको बहुमत आउन नसक्ने भएपछि मिल्नुपरेको होः देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

    पाँचदलीय गठबन्धनले शुक्रबार (आज) पोखरामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले गठबन्धन आजको आवश्यकता भएको बताउनुभयो । ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, उहाँले भन्नुभयो, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’

    गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने उहाँले बताउनुभयो । हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, देउवाले भन्नुभएको छ , सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’


    शुक्रवार, कार्तिक ४ २०७९०२:१७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij